दोस्रो पटक आमा बनिन् करिना कपुर, जन्माइन् छोरो

एजेन्सी

आइतबार, ०९ फागुन २०७७, १२ : २४
दोस्रो पटक आमा बनिन् करिना कपुर, जन्माइन् छोरो

काठमाडौँ । बलिवुडकी चर्चित अभिनेत्री करिना कपुर दोस्रो पटक आमा बेनकी छिन् । उनले आइतबार बिहान दोस्रो सन्तान छोरालाई जन्म दिएकी हुन् ।

बलिवुड अभिनेता सैफ अली खान र करिनाको पहिलो सन्तान पनि छोरा नै थिए । करिना र सैफ अली खान आफ्नो नयाँ पाहुनाका लागि निकै उत्साहित छन् । आफ्नो भाइको स्वागतका लागि तैमुर पनि पूर्ण रुपमा तयार देखिएका छन् । करिनालाई शनिबार राती ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।

भारतीय सञ्चारमाध्यका अनुसार कपुर परिवारका थुप्रै सदस्य अस्पतालमा आवतजावत गरिरहेका छन् । अस्पतालले जनाए अनुसार करिना र करिना र बच्चा दुबै स्वस्थ छन् । 

प्रतिक्रिया दिनुहोस