के हो मुटुमा हुने जन्मजात समस्याको लक्षण ?

एजेन्सी

शनिबार, ०८ फागुन २०७७, १४ : ००
के हो मुटुमा हुने जन्मजात समस्याको लक्षण ?

काठमाडौं । जन्मजात हृदयरोगको समस्यालाई मेडिकलको भाषामा कन्जेनिटल हार्ट डिफेक्ट्स भन्ने गरिन्छ । हृदयमा यसरी लाग्ने चोटले मुटुभित्र रगतको सामान्य बहाब बदलिन पुग्छ ।

मुटुमा छेद हुने समस्याको कैयौं प्रकार हुन्छ । जसमा सरलदेखि लिएर धेरै जटिल समस्या समेत हुने गर्छ । मुटुको चोटलाई समाधानका लागि चिकित्सकहरू केही विशेष किसिमको टेस्ट गर्ने गर्छन् ।

नवजात शिशुमा समेत मुटुको गम्भीर दुखाइको समस्या हुँदा छिटोछिटो सास फेर्ने, थकान, खराब रक्त परिसञ्चरण र ओठ, नङ र छालामा निलो रंगको निशान बन्ने लक्षण आदि देखिन्छ ।

के हो मुटुमा हुने जन्मजात समस्याको लक्षण ?

जन्मजात हृदयसम्बन्धी कतिपय समस्याको लक्षण वा संकेत देखिँदैन, केहीको भने लक्षण पूरा देख्न सकिन्छ । यो दोषको संख्या, प्रकार र गम्भीरतामा निर्भर हुने गर्छ । आमरूपमा नवजात शिशुहरूमा केही गम्भीर किसिमको दोष देखिन्छ जसमा निम्न लक्षण देख्न सकिन्छ ।

–तेज रूपमा सास लिनु

–थकान

–खराब रक्तसञ्चरण

–हृदयसम्बन्धी दोष पैदा गर्न सक्छ ।

चिकित्सकहरू स्टेथोस्कोपको प्रयोग गरेर हृदयको गतिविधिलाई निरीक्षण गर्न सक्छन् । तर सबै किसिमका हृदयसम्बन्धी समस्या स्टेथोस्कोपबाट पत्ता लगाउन सकिन्न ।

–हृदयमा हुने समस्याबाट ग्रसित नवजात शिशु दूध चुस्ने समयमा समेत सजिलै थाक्ने गर्छन् ।

–बच्चाको तौल बढ्दैन । बच्चाको शारीरिक विकासमा समेत समस्या सिर्जना हुन्छ ।

–यस्ता बच्चाहरू अरू शारीरिक गतिविधिको क्रममा पनि छिटै थाक्ने गर्छन् ।

जन्मजात हृदय रोगको कारण र जोखिम

जन्मजात हृदयसम्बन्धी दोष हुने कारण गर्भावस्थाको पहिले सप्ताहको समयमा भ्रूणको अधुरो या असामान्य विकास हुनु हो । जसमा निम्न दोष सामेल हुन सक्छ ।

–हृदयको आन्तरिक भित्ता

–हृदय भित्रको भल्व

–हृदय या शरीरमा रगतले लैजाने धमनी तथा नसा

ज्यादातर जन्मजात हृदयसम्बन्धी दोषको मुख्य कारण अज्ञात हुन्छ । तर जन्मजात हृदयसम्बन्धी दोष विकसित हुन केही कारण हुने गर्छ जुन निम्नानुसार छन् ।

१ अनुवांशिक कारण

वंशगतता – भाइ बहिनी या हृदय सम्बन्धी दोषवाला मान्छेको वंशमा हृदय सम्बन्धी समस्याहरू आम मानिसको तुलनामा धेरै हुने गर्छ ।

उत्परिवर्तन – अन्य कैयौं प्रकारको उत्परिवर्तन हुन्छ । जो मुटुको बनावटलाई प्रभावित गर्ने खालको हुन्छ र जन्मजात हृदयसम्बन्धी दोष पैदा गर्ने खालको हुन्छ ।

अन्य जन्मजात दोषसँग जोडिएको हुनु – डाउन सिन्ड्रोमबाट पैदा भएको एक तिहाइभन्दा धेरै शिशु हृदयसम्बन्धी दोषका साथ पैदा हुने गर्छ । टर्नर सिन्ड्रोमबाट ग्रसित लगभग २५ प्रतिशतमा हृदयसम्बन्धी दोष हुने गर्छ ।

२ पर्यावरणीय कारक

भाइरल संक्रमण –महिलाहरूको गर्भावस्थाको पहिलो ३ महिनामा रुबेलासँग सम्पर्क भयो भने त्यस्तो आमाबाट जन्मिने बच्चामा हृदयसम्बन्धी समस्याको सम्भावना बढ्छ ।

औषधिहरू – केही प्रकारको औषधि समेत हुन्छ, जसले यसको जोखिमलाई बढाइदिने गर्छ । बाइपोलर डिसअर्डर जस्ता समस्या समाधान गर्ने औषधिहरु यसमा समावेश हुने गर्छन् ।

मदिरा – गर्भावस्थाको समयमा मदिराको सेवन गर्नुले पनि हृदयसम्बन्धी समस्यालाई बढाउने गर्छ ।

धुम्रपान – गर्भावस्थामा आमाले धुम्रपान गरिन् भने त्यसरी जन्मिने शिशुहरूमा जन्मजात हृदयसम्बन्धी रोगको सम्भावना बढी हुन्छ ।

कोकिन – गर्भावस्थाको समयमा कोकिनको प्रयोग गर्नुले पनि उनीहरूबाट जन्मिने बच्चामा हृदयसम्बन्धी दोषको जोखिम बढाउने गर्छ ।

जन्मजात हुने हृदयसम्बन्धी समस्याबाट कसरी बच्ने रु

माथि उल्लेखित कारणबाट जोगिनु नै जन्मजात हुने हृदयरोग सम्बन्धी समस्या समाधानको मुख्य उपाय हो । जसको लागि निम्न उपाय अपनाउन सकिन्छ ।

–गर्भवती हुनु पहिले नै आफूले खाइरहेको औषधिको बारेमा चिकित्सकसँग परामर्श लिनुपर्छ । सोही अनुसार औषधि खाने या छाड्ने गर्नु आवश्यक हुन्छ ।

–यदि तपाईंलाई मधुमेहको समस्या छ भने गर्भवती हुँदाको समयभरि मधुमेहलाई नियन्त्रणमा राख्न चिकित्सकहरू सुझाव दिन्छन् ।

त्यस्तै, गर्भावस्थामा मदिरा एवं धुम्रपानको सेवन गर्न पनि नहुने चिकित्सकहरूको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस