चाहिनेभन्दा बढी सेनिटाइजर प्रयोग नगरौं, हात धुने पनि गरौं

सफल खबर संवाददाता

शनिबार, ०८ फागुन २०७७, ०८ : १२
चाहिनेभन्दा बढी सेनिटाइजर प्रयोग नगरौं, हात धुने पनि गरौं

काठमाडौं । कोरोना महामारी (कोभिड १९) ले जनमानसमा ‘ह्यान्ड सेनिटाइजर’ प्रयोग गर्ने सिकायो र सेनिटाइजर प्रयोग गर्न नजान्दा यसले नकारात्क असर पर्छ भन्ने कमैलाई थाह होला । कोभिड संक्रमण मात्र नभएर विभिन्न सरुवा रोगबाट बच्नको लागि ह्यान्ड सेनिटाइजर प्रयोग गर्नु राम्रो हो छाला रोग विशेषज्ञ डा.मेलिना अमात्य भन्छन्, तर, सेनिटाइजर प्रयोग कस्तो बेला गर्ने, कस्तो बेला नगर्ने भन्नेबारे भने निकै ध्यान पु¥याउनुपर्छ । हामीले हात धुन सम्भव भएको ठाउँमा पनि सेनिटाइजरको प्रयोग गर्छौँ ,जुन गलत बानी हो ।

उहाँको अनुसार विभिन्न रसायनलाई निश्चित मापदण्ड तथा अल्कोहलको प्रयोग गरेर यसलाई बनाइन्छ । । सेनिटाइजरले हाम्रो स्वास्थ्यलाई राम्रो मात्रै गर्दैन । कतिपय अवस्थामा हानी पनि गर्छ । डा.अमात्यले सेनिटाइजरको काम फोहोर हातलाई सफा गर्नु मात्र नभएको प्रष्ट पार्दे थप्नुभयो, हातमा भएको ससाना कीटाणु मार्ने काम सेनिटाइजरले गर्छ । त्यसैले हात फोहोर भएको बेला सेनिटाइजर होइन साबुन पानीको प्रयोग गर्नुपर्छ । सेनिटाइजरलाइ हातमा लगाएपछि करिब २० सेकेन्डसम्म राम्ररी दलेपछि मात्र कीटाणु मर्छ ।

उनले सेनिटाइजरको अत्याधिक प्रयोगले छालासम्बन्धी समस्या देखिनुको साथै छालालाई सुख्खा र एलर्जी गराउँने पनि प्रष्ट पारे । यसमा अल्कोहलको मात्रा हुने भएकाले बच्चाको स्वास्थ्यमा असर गर्छ त्यसले बालबालिकालाई सके सम्म कम सेनिटाइजर प्रयोग गर्न डा.अमात्यले सुझाव दिए ।

कोभिडको डरले अत्याधिक मात्रामा सेनिटाइजर प्रयोग गरेर विभिन्न एलर्जी भएर आफू कहाँ विरामी आएको सम्झदै भन्नुभयो, हाम्रो शरीरमा हानी गर्ने र फाइदा गर्ने दुबै किसिमका ब्याक्टेरिया हुन्छन् । तर, धेरै सेनिटाइजर दल्नाले शरीरलाई फाइदा गर्ने ब्याक्टेरिया पनि मर्न सक्छ । हातमा देखिने फोहोर वा चिल्लो छ भने सेनिटाइजर प्रयोग गर्नु हुँदैन डा. आमात्यले शौचालय गएपछि सेनिटाइजरभन्दा साबुन पानी नै प्रयोग गर्नुपर्ने बताए ।

ह्यान्ड सेनिटाइजर संक्रामक तत्वलाई कमी गर्नका लागि प्रयोग हुने एक प्रकारको झोल, फिँज वा जेलमा उपलब्ध हुने पदार्थ हो अर्का छाला रोग विशेषज्ञ धर्मेन्द कर्णले भने, स्वास्थ्य संस्थामा अल्कोहल युक्त सेनिटाइजर बढी प्रभावकारी हुन्छ भने अन्य प्रयोजनमा साबुनपानीले हात धुनु नै उपयुक्त हुन्छ । औषधि व्यवस्था विभागका अनुसार सेनिटाइजरमा ७० देखि ८० प्रतिशतसम्म अल्कोहलमा इथेन वा आइसोप्रोपल अल्कोहल मात्र हुनुपर्ने मापदण्ड छ ।

अत्यन्तै प्रज्वलनशील हुने हुनाले आगो लाग्न सक्ने संभावनाको ख्याल राख्नुपर्ने डा.कर्णको भनाइ छ । उनले सही तरिकाले प्रयोग गरेमा गुणस्तरीय ह्यान्ड सेनिटाइजरले क्षयरोग लगाउने ब्याक्टेरिया लगायत विभिन्न प्रकारका ब्याक्टेरिया तथा रुघाखोकी लगाउने भाइरस, एचआइभी तथा कोरोना भाइरस लाई पनि नष्ट गर्ने जानकारी दिए । उनले अल्कोहलयुक्त सेनिटाइजरले ३० सेकेन्डभित्र ९९.९ प्रतिशत तथा १ मिनेटभित्र ९९.९९ प्रतिशत ब्याक्टेरियालाई नष्ट गर्ने प्रष्ट पार्दै कीटनाशक लगायत विभिन्न रसायनहरु विरुद्ध ह्यान्ड सेनिटाइजर प्रभावकारी नहुने पनि बताए । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस