नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परियारलाई हटाइनु सरकारले गरिरहेको सेटिङको अर्को शृंखला भएको बताएका छन् ।
पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक चलिरहेका बेला उक्त खबर थाहा पाएपछि दाहालले प्रतिगमन र सेटिङको सिलसिला जारी रहेको भन्दै थप सशक्त प्रतिरोध गर्नुपर्ने बताएका थिए ।
तर सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मधेस बाहुल्य रहेको प्रदेश २ मा मधेसकै समुदायबाट प्रमुख राख्दा उपयुक्त हुने भएकाले तिलक परियारलाई हटाएर राजेश झालाई नियुक्त गर्ने निर्णय गरिएको बताए ।
गत पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको निर्णय गरेसँगै व्यवहारतः विभाजित नेकपाको समस्या प्रदेशमा पनि छ । दाहाल–नेपाल नेतृत्वका प्रदेश सांसदले प्रदेश १ र वाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरे पनि सत्ताकै अवरोधका कारण प्रदेशसभाहरू चल्न सकेका छैनन् ।
प्रदेश २ मा भने पहिलेदेखि नै ओली र नेपाल समूहका सांसदबीच चर्को मतभेद थियो । तर प्रदेश प्रमुख परियारले कसैको पक्ष वा विपक्षमा बोल्ने र लबिइङ गर्ने गरेका थिएनन् ।
नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले परियारलाई बिनाकारण पदमुक्त गरेर सरकारले पूर्वाग्रहपूर्ण व्यवहार गरेको बताए । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०८ फागुन २०७७, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीज पर्वलाई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणको अवसरका रूपमा लिनुपर्दछ : प्रचण्ड
‘प्रचण्ड’ले ‘विप्लव’लाई सुनाए नेकपासँग एकता गर्ने पार्टीको निर्णय
विप्लव निवास पुगे माओवादी अध्यक्ष प्रचण्ड
पर्वतारोहण सङ्घको नवनिर्वाचित नेतृत्वलाई प्रचण्डले दिए बधाई
दलाल र बिचौलियाहरू अब माओवादीमा रहन पाउँदैनन् : प्रचण्ड
समाजवादी व्यवस्थामा मात्र मजदुरका समस्या समाधान हुनेछन्: प्रचण्ड