नाइजेरियाली छात्रा विनाशर्त मुक्त : मन्त्री मोहम्मद

विहीबार, ०८ चैत्र २०७४, १८ : २६
नाइजेरियाली छात्रा विनाशर्त मुक्त : मन्त्री मोहम्मद

अबुजा । नाइजेरियामा केही समयअघि यहाँको आतंककारी समूह बोको हरामले अपहरण गरेका छात्रामध्ये ७६ जनालाई उक्त समूहले विनाशर्त मुक्त गरेको यहाँका एकजना मन्त्रीले स्पष्ट गर्नुभएको छ । उनीहरु के कसरी मुक्त भए भन्ने बारेमा भएको व्यापक खोजीपछि यहाँका सूचना तथा संस्कृति मन्त्री अल्हाजी मोहम्मदले बिहीबार सो जानकारी दिनुभएको हो ।

गत महिना बोको हरामको अपहरणमा परेका ११० छात्रामध्ये ७६ जना बुधबार मुक्त भएका सरकारले बुधबार पुष्टि गरेको थियो । नाइजेरियाली उत्तरी सहर दाप्चीबाट अपहरणमा परेका उनीहरुलाई बुधबार सोही नगरमा ल्याइदिएका बताइएको छ ।

सूचना तथा संस्कृतिमन्त्री मोहम्मदले अपहरित छात्राहरूको रिहाइका लागि सरकारले केही व्यक्तिको सहयोग लिएको तर उनीहरुको सहयोगमा विनाशर्त मुक्त गरिएको जानकारी दिनुभयो । समाचारमा उनीहरुलाई बोको हरामले नै पहिलेको स्थानमा ल्याएर छोडिदिएको भनी आएपछि यस विषयमा व्यापक मात्रामा चासो बढेको छ ।

सरकारकै प्रतिनिधिहरुले पनि उनीहरुलाई कुन शर्तमा बोको हरामले मुक्तगरी घरैमा ल्याइदिएका हुन् भनी खोजेका थिए । यसले गर्दा सरकारले स्पष्टिकरण दिनुपरेको हो । बुधबार रिहा भएका सबै किशोरी अहिले सुरक्षित तथा आफ्ना घर परिवारसँगै रहेका बताइएको छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस