काठमाडौं । नेपाली काँग्रेसले केरुङ नाकामा आयात–निर्यात सहज तुल्याउन तत्कालै पहलका लागि सरकारसमक्ष माग गरेको छ। काँग्रेसले आइतबार विज्ञप्तिमार्फत कोरोना कारण बन्द गरिए पनि अहिलेको अवस्था सहज भइसकेकाले तत्काल व्यापारिक नाका केरुङ खोल्नका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको हो।
काँग्रेसले विज्ञप्तिमार्फत चिनको वुहानबाट कोरोना भाइरसको सङक्रमण फैलिएलगत्तै अन्तर्राष्ट्रिय सीमा नाकामा प्रवेशमा कडाइ र आवागमन बन्दसमेत गरिनु तत्कालको परिस्थितिको बाध्यता भए पनि अब खुलाउने पहल गर्न सरकारसँग माग गरेको छ।
तुलनात्मक रूपले स्थिति सहज बनेको अवस्थामा पनि उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा नागरिक र व्यवसायीले दुःख पाइरहेको विवरण निरन्तर प्राप्त भइरहेको विज्ञप्तिमा उल्लेख छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०५ फागुन २०७७, ०७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)