शाक्यको सम्बोधि सार्वजनिक

रासस

मंगलबार, ०४ फागुन २०७७, १५ : ५०
शाक्यको सम्बोधि सार्वजनिक

काठमाडौं। प्रगतिवादी कवि नरेश शाक्यद्वारा लिखित ‘सम्बोधि’ लघुकविता सङ्ग्रह सार्वजानिक भएको छ । नेपाल रुसी साहित्य र नेपाल रुसी विज्ञान प्रतिष्ठानद्वारा  संयुक्त रुपमा हालै आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र  प्रगतिवादी कवि एवं नाट्यसंगीतका प्राज्ञ मञ्जुलले कृतिको सार्वजानिक गर्दै कृतिले समसामयिक विषयलाई उजागर गरेको बताए । 
    
उनिहरुले लेखक शाक्यका साहित्यिक जीवन, दर्शन तथा साँस्कृतिक अभियानका रुपमा चर्चा गरेका थिए ।  वरिष्ठ कवि वैरागी जेठाले पुस्तकका बारेमा टिप्पणी गरेका थिए ।  प्रा जंगव चौहानको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा  रसियन कल्चरका उपमहार्निदेशक अलेक्सेइ कोतल्यारोभ,  प्राडा हरिप्रसाद  सिलवाल,  साहित्यकारद्वय विष्णुबहादुर सिंह  र चन्द्रकान्त आचार्य कवि शाक्यका कृतित्व र व्यक्तित्वका बारेमा चर्चा गरेका थिए । 

प्रतिक्रिया दिनुहोस