ओखलढुङ्गा ।ओखलढुङ्गामा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनेको छ । नागरिकको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न सरकारले जनस्वास्थ्य सेवा ऐन २०७५ अनुसार सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम दुर्गम गाउँबस्तीमा प्रभावकारी बनेको हो ।
स्वास्थ्य बीमा कार्यक्रममा समेटिएपछि विगतमा जस्तो सामान्य स्वास्थ्य उपचार गराउँदा पनि मोटो रकम तिर्नुपर्ने बाध्यता टरेको मोलुङ गाउँपालिका–२ का नवराज दाहालले बताए । स्वास्थ्य बीमाले गर्दा आपतकालीन अवस्थामा झन बढी सहयोग मिलेको उनको भनाइ छ ।
‘‘पहिलापहिला गोजीभरि पैसा बोकेर मात्रै अस्पताल जानुपर्ने अवस्था थियो । आफूसँग भएको पैसाले नपुग्ला कि भन्ने पिर हुन्थ्यो । अहिले बीमा कार्ड बोकेर गएपछि ढुक्कले उपचार सकेर फर्कने अवस्था छ’’ उनले भने, “शुरुशुरुमा त यसको उपयोगिताबारे अन्योल थियो । अहिले अस्पतालमा पुगेर नाम टिपाउना साथ बीमा गरेको छैन ? छ भने कार्ड दिनुस् भनेर त्यो प्रक्रियाबाट उपचार गराइदिने हुँदा एकदमै सजिलो र सरकारको ठूलो सहयोग पाएको महसुस हुन्छ ।” आफूले निरन्तर बीमा दाबी गरेर सामान्य उपचार सेवा लिन थालेको दाहालको भनाइ छ ।
जिल्लाका नागरिकले अस्पतालमा प्रसूति सेवा लिन जाँदासमेत बीमा कार्ड अनिवार्य बोक्ने गरेका छन् । “सुत्केरी गराउन अस्पताल लगेको धेरै दिन अस्पताल राख्दा अलिक बढी खर्च होला जस्तो भएको थियो । पछि बीमाको कार्ड देखाएपछि त्यसैले काम ग¥यो”, खिजीदेम्बाका सुमन सुनुवारले भने , “जम्मा तीन हजार ५०० तिरेर बीमा गरेको त्यो पनि हराउला भन्ने लाग्थ्यो, उपचारमा त निकै पो सहयोग हुँदो रहेछ ।” उपचार सेवामा छुट पाएपछि पहिलोपटक सरकारको साथ मिलेको अनुभूति भएको उनको भनाइ छ ।
ओखलढुङ्गाका १८ हजार नागरिक बीमाको पहुँचमा पुगेका छन् । ओखलढुङ्गाको एक लाख ४७ हजार जनङ्ख्यामध्ये बीमाको पहुँचमा आठ स्थानीय तहका १८ हजार १७४ जना नागरिक स्वास्थ्य बीमामा समेटिएका हुन् । स्वास्थ्य बीमा कार्यक्रम शुरु भएपछि उत्साहजनक रूपमा नागरिक बीमामा आवद्ध भएको स्वास्थ्य बीमा बोर्डको जिल्लास्थित कार्यालय प्रमुख सुदीप कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०४ फागुन २०७७, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर अस्पतालबाट स्वास्थ्य बीमा हटाएपछि भरतपुरवासीलाई असहज
स्वास्थ्य बीमाको सेवा अब एक महिनामै लिन सकिने
अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा
स्वास्थ्य बीमा प्रणालीमा नयाँ व्यवस्था : श्रावण १ देखि ‘प्रथम सेवा विन्दु’को बाध्यता हट्ने
सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउने तयारी सुरु
अब अनलाइनबाटै स्वास्थ्य बीमाको नवीकरण