काभ्रेपलाञ्चोक । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको काभ्रेपलाञ्चोकको थप एक नगर अस्पतालले प्रथम सेवा सुरु गरेको छ । यसपछि जिल्लाका आठ संस्थाबाट स्वास्थ्य बिमाको प्रथम सेवा विन्दुबाट सेवा प्रवाह भइरहेको छ ।
पाँचखाल नगर अस्पतालले शुक्रवादेखि स्वास्थ्य बिमाको प्रथम सेवा सुरु गरेको हो । यसअघि साउन अन्तिम साता बीमा बोर्डसँग सम्झौता गरी जिल्लाको सबैभन्दा पुरानो बनेपा नगरपालिकाद्वारा सञ्चालित बनेपा आधारभूत अस्पताल र मण्डनदेउपुर नगरले सञ्चालनमा ल्याएको आधारभूत अस्पताल स्वास्थ्य बीमा बोर्डमा आबद्ध भई भदौदेखि सेवा सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २२ भदौ २०८२, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य बीमामा दुरुपयोग नियन्त्रण गर्न कडाइका साथ सुधार प्रक्रिया अघि बढाइने
अब राष्ट्रिय परिचयपत्रको नम्बरबाटै स्वास्थ्य बीमा
स्वास्थ्य बीमा दाबी प्रक्रियामा पुनरावलोकन संयन्त्र अनिवार्य
स्वास्थ्य बीमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल
८ कडा रोगको एकीकृत सुविधा स्वास्थ्य बीमा मार्फत पाउने
भरतपुर अस्पतालबाट स्वास्थ्य बीमा हटाएपछि भरतपुरवासीलाई असहज