काठमाडौँ । स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकहरूले आठ प्रकारका कडा रोगको उपचार तथा विपन्न नागरिकको एकीकृत सुविधा आउँदो १ कात्तिकदेखि पाउने भएका छन् ।
स्वास्थ्य मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार आगामी कार्तिक देखि यो व्यवस्था लागु गर्न लागेको हो । एकीकृत सुविधाको कार्यान्वयनका लागि मन्त्रालयले हालसालै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन)’ स्वीकृत गरेका थियो ।
संशोधित निर्देशिकाअनुसार, विपन्न नागरिकले पाउँदै आएको उपचार सुविधाको सम्पूर्ण भुक्तानी स्वास्थ्य बीमा बोर्डमार्फत हुने व्यवस्था गरिएको थियो ।यो सुविधा १ कात्तिकदेखि स्वास्थ्य बीमा प्रणालीमार्फत मात्र उपलब्ध हुने भएकाले हाल उपचार सेवा लिइरहेका वा नयाँ सेवा लिन चाहने सबै विपन्न नागरिकले अनिवार्य रूपमा स्वास्थ्य बीमामा आबद्ध हुनुपर्ने छ ।
मन्त्रालयकाका अनुसार अब विपन्न नागरिकले ८ कडा रोगको उपचार सुविधा लिन स्वास्थ्य बीमा अनिवार्य गरिएको छ । यो सुविधा १ कात्तिकदेखि बीमा प्रणालीमार्फत मात्र उपलब्ध हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० भदौ २०८२, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य बीमा दाबी प्रक्रियामा पुनरावलोकन संयन्त्र अनिवार्य
स्वास्थ्य बीमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल
स्वास्थ्य बीमा: अब काभ्रेका आठ संस्थाबाट प्रथम सेवा
भरतपुर अस्पतालबाट स्वास्थ्य बीमा हटाएपछि भरतपुरवासीलाई असहज
स्वास्थ्य बीमाको सेवा अब एक महिनामै लिन सकिने
अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा