धनुषामा एक महिला मृत अवस्थामा फेला

सफल खबर संवाददाता

मंगलबार, ०४ फागुन २०७७, १३ : १२
धनुषामा एक महिला मृत अवस्थामा फेला

धनुषा । धनुषाको कमला नगरपालिकामा मंगलबार एकजना महिला मृत अवस्थामा फेला परेकी छन् । कमला नगरपालिका २ माचिझिटकैयामा अन्दाजी ३५ वर्षकी संगीतादेवी गडेरी राउत मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनी बिहानै घर नजिकैको खेतमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले जानकारी दिए । मृतक महिलाको घाँटीमा निलडाम रहेको छ ।

मृतक खुशीलाल गडेरीका जेठी पत्नी हुन् । संगीताको शव फेला परेपछि उनका पति खुशीलाल फरार भएको प्रहरी निरीक्षक रोकायाले बताए । ‘घट्ना शंकास्पद देखिएको छ,’ रोकायाले भने, ‘घट्नाको बिषयमा अन्य अनुसन्धान भइरहेको छ ।’

मृतक महिलाको शवको पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जनाएको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि अन्य कुरा खुल्ने बताउँदै प्रहरी निरीक्षक रोकायाले फरार भएका उनका पतिको पनि खोजी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस