सर्वोच्च अदालतले ललिता निवास जग्गा अनियमितता प्रकरणसँग सम्बन्धित तीन महत्त्वपूर्ण फाइल अध्ययनका लागि झिकाउने आदेश गरेको छ ।
पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि पनि मुद्दा चलाउनुपर्ने मागदावी गर्दै दर्ता भएको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले अख्तियारले विशेष अदालतमा दर्ता गरेको आरोपपत्र तथा २०६६–६७ र २०६९ सालमा मन्त्रिपरिष्द्ले गरेका निर्णय झिकाउने आदेश गरेको हो ।
सरकारले अधिग्रहण गरेको जग्गा भूमाफियासँगको मिलेमतोमा व्यक्तिको नाममा दर्ता गरेको अख्तियारले १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सो प्रकरणमा भट्टराई र नेपाललाई पनि मुद्दा चलाइनुपर्ने भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्चमा मुद्दा ालेका थिए ।
नेकपाको नेपाल पक्षधर र जनतासमाजवादी पार्टीका नेता भट्टराई जग्गा प्रकरणमा आफूहरुलाई मुछ्नुमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक हतियार पनि आरोप लगाउँछन् ।
नेपाल पक्षधरले कतै ओलीकै योजनामा यो यो मुद्दा अघि बढाइएको त होइन भनि शंका व्यक्त गरेको खबर कान्तिपुरमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०३ फागुन २०७७, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालत आज र भोलि आंशिक खुला
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार