काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरोले लागू औषध कारोबारमा संलग्न ९ जना जनालाई पक्राउ गरेको छ । लागू औषध ब्यरोको टोलीले माघ २१ देखि २६ गतेसम्म गरेको कारबाहीका क्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका लागू औषध कारोबारमा संलग्न ९ जना आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
उनीहरुलाई लागू औषध एम्फेटामाईन २ सय २२ ग्राम र नियन्त्रित लागू औषध २४ सय ७० एम्पुल सहित पक्राउ गरिएको प्रहरी बरिष्ठ उपरिक्षक दिलिप चौधरीले जानकारी दिए ।
उनीहरुको साथबाट डाईजेपाम –९२८ एम्पूल, बुप्रेनोर्फिन ७८२ एम्पूल, फेनारगन–६८४ एम्पूल, लुपिजेसिक–७६ एम्पूल गरी कुल नियन्त्रित लागू औषध २४ सय ७० एम्पूल र नगद ९० हजार पाँच सय रुपैया बरामद गरेको उनले जानकारी दिए ।पक्राउ परेका व्यक्तिहरुले एउटै सञ्जाल निर्माण गरी कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ फागुन २०७७, १७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध लागू औषधसहित दुई जना पक्राउ
लागू औषधसहित दुई युवक पक्राउ
पोखरामा लागू औषधसहित चार जना पक्राउ
अवैध लागू औषधसहित दुई जना पक्राउ
लागू औषधसहित एक जना पक्राउ