काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले पशुपतिनाथलाई राजनीतिक स्वार्थको लागि उपयोग गरिएको बताएका छन् । आइतबार नेकपा केन्द्रीय संघर्ष समितिको चौथो चरणको आन्दोलन घोषणा कार्यक्रममा प्रवक्ता श्रेष्ठले आफ्ना नेताहरुको प्रस्तुतीलाई गलत ढंगले तोडमोड गरेर धर्म र पशुपतिनाथलाई संकिर्ण राजनीतिक स्वार्थको निम्ति उपयोग गरिएको बताएका हुन् ।
पशुपतिनाथ विश्वभरीका हिन्दुहरुको आराध्यदेव र आस्थाको केन्द्र भएकाले आफुहरुले सम्मान गर्ने उनको भनाई छ । यस्तो संवेदनशिल पक्षलाई निकृष्ट, तुच्छ स्वार्थको निम्ति दुरुपयोग नगर्न पनि उनले सम्बन्धित पक्षलाई अनुरोध गरे ।उनले भने ‘हाम्रो संविधानले नेपाललाई धर्म निरपेक्ष राज्य भनेको छ, त्यसको अर्थ राज्य धर्मबाट अलग हुने भनेको हो । तर नेपाली जनताको धार्मिक आस्थाको, धार्मिक स्वतन्त्रताको हामि उच्च सम्मान गर्दछौँ र त्यसका निम्ति हामिले संघर्ष पनि गरेका हौँ ।
हरेक व्यक्तिले धर्म मान्न पाउने छुट छ र हरेक व्यक्तिले आफ्नो सनातनदेखिको वा आफ्नो विवेक अनुसारको धार्मिक आस्था अनुसार अगाडी बढ्न पाउने र त्यसलाई मान्न पाउने छुट छ र त्यसको हामि सम्मान गर्दछौँ । त्यस्तै पशुपतिनाथ विश्वभरीका हिन्दुहरुको आराध्यदेवको रुपमा लिइन्छ र सबै हिन्दुहरुको आस्थाको केन्द्र हो ।
त्यसकारणले त्यसको पनि हामि उच्च सम्मान गर्छौ । तर हाम्रा नेताहरुको प्रस्तुतीलाई गलत ढंगले तोडमोड गरेर धर्म र पशुपतिनाथ जस्तो धार्मिक संस्थालाई संकिर्ण राजनीतिक स्वार्थका निम्ति उपयोग गर्ने, यस्तो संवेदनशिल पक्षहरुलाई निकृष्ट, तुच्छ स्वार्थको निम्ति दुरुपयोग गर्ने काम नगर्न पनि हामि सबै सम्बन्धितहरुलाई अनुरोध गर्न चाहान्छौँ ।’
प्रवक्ता श्रेष्ठले आफुहरु सडक संघर्षमा मात्रै नभई कानुनी मोर्चामा पनि संघर्ष गरिरहेको बताए । सरकारले निर्वाचन गराउनको निम्ति निर्वाचनको मिति घोषणा गरेको होइन भन्ने कुरामा स्पष्ट हुन जरुरी रहेको उनकोो भनाई छ । संघर्ष सफल बनाएर संसद पुर्नस्थापना गर्नेपनि उनको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ फागुन २०७७, १६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारमा रहँदा सुशासनको अभियानलाई गुणात्मक ढङ्गले अघि बढायौंः नारायणकाजी श्रेष्ठ
कुलिङ पिरियडसम्बन्धी विधेयकमा हेरफेर सुनियोजित अपराध हो : नारायणकाजी श्रेष्ठ
निजामती ऐन र शिक्षा ऐनलाई छिटो अघि बढाउन नारायणकाजी श्रेष्ठ आग्रह
देश बनाउन फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिनुपर्छ : नारायणकाजी श्रेष्ठ
माओवादी महाधिवेशन सकेर निर्वाचनको तयारीमा होमिन्छ : नारायणकाजी श्रेष्ठ
सैद्धान्तिक रूपमा नेपालका कम्युनिष्टबिच एकता हुनुपर्छ भन्नेमा म प्रष्ट छु : नारायणकाजी श्रेष्ठ