काबुलमा आत्मघाती आक्रमण, २६ जनाको मृत्यु

विहीबार, ०८ चैत्र २०७४, ०७ : ०२
काबुलमा आत्मघाती आक्रमण, २६ जनाको मृत्यु

अफगानिस्तानमा नयाँ वर्षको उमंगका बीच राजधानी काबुलमा आत्मघाती आक्रमण हुँदा २६ जनाको मृत्यु भएको छ । आक्रमणमा परेर १८ जना घाइते भएका छन् ।

अफगानी अधिकारीले राजधानीमा मानिसहरु पारसी नयाँवर्षको छुट्टि मनाईरहेका बेला आत्मघाती आक्रमण भएको बताएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता वहीद मजरोहले विस्फोटमा कयौं मानिसहरु घाइते भएका र उनीहरुलाई उपचारार्थ अस्पताल लगिएको जनाएका छन् ।

अहिलेसम्म आक्रमणको कसैले पनि जिम्मवारी लिएका छैनन । अफगानिस्तानमा ं शिया समुदायमाथि आक्रमण बढ्दै गएको छ । ती अधिकांश आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट बताउने चरमपन्थी संगठनले लिँदै आएको छ ।एजेन्सी ।

प्रतिक्रिया दिनुहोस