जी–ट्वान्टी बैठकपछि अमेरिकाले भन्यो– व्यापार युद्धसँग डराउँदैनौं

विहीबार, ०८ चैत्र २०७४, ०७ : ०१
जी–ट्वान्टी बैठकपछि अमेरिकाले भन्यो– व्यापार युद्धसँग डराउँदैनौं

अमेरिकाका वित्तमन्त्री स्टीव नूचिनले व्यापार युद्धसँग नडराउने बताएका छन् । जी–ट्वान्टी वित्तमन्त्रीहरुको बैठकपछि बुधबार अमेरिकी वित्तमन्त्री नूचिनले आफ्नो मुलुकले शुल्कमा व्यापार युद्ध नचाहे पनि व्यापार युद्धसँग भने नडराउने बताएका हुन् ।  

अमेरिकाले इस्पात र एल्युमिनियममा शुल्क लगाएका कारण उत्पन्न संकटबारे प्रकाश पार्दै उनले व्यापार युद्ध आफुहरुको लक्ष्य नभएको बताए । -एजेन्सी

प्रतिक्रिया दिनुहोस