चितवन । चितवनको भरतपुरको भेटेरेनरी अस्पताललाई व्यवस्थित बनाइने भएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा छुट्टै व्यवस्थित मिनी अस्पताल बनाउन लागिएको हो । पशु सेवा विज्ञ केन्द्रभित्र नयाँ स्वरुपको भेटेरेनरी अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।
भेटेरेनरी अस्पताल तथा पशुरोग विज्ञ केन्द्रका प्रमुख डा दयाराम चापागाईँका अनुसार केन्द्रमा नै रहेको पुरानो भवनलाई मर्मत गरेर थप व्यवस्थित भेटेरेनरी अस्पताल बनाउन लागिएको हो । उक्त अस्पताल यही फागुनको अन्तिमसम्ममा सञ्चालनमा आउन लागेको उनले जानकारी दिए। भेटेरेनरी अस्पतालका लागि रु २६ लाख बजेट विनियोजन भएको छ ।
अस्पतालमा उपचारकक्षसहितको प्रयोगशाला अल्ट्रासाउण्ड प्रयोगमा ल्याउनुका साथै एक्सरे मेसिन पनि राखिने जनाइएको छ । केन्द्रभित्रै रहेको भवनमा बन्न लागेको उक्त भेटेरेनरी अस्पतालमा रोग पहिचान गर्नेलगायत व्यवस्थित तालिम हल पनि निर्माण गरिनेछ । गत वर्ष सरकारद्वारा केन्द्रमा उपलब्ध गराएका सामग्रीलाई नै परिचालन गरी अस्पतालको सेवालाई थप व्यवस्थित एवं प्रभावकारी बनाइने छ ।
“सामान्यरूपमा अहिले केन्द्रले पशुको गोबर र दूध परीक्षण गर्दै आएकामा अब अस्पताल बनेपछि थप सेवासुविधा दिनेछौँ”, उनले भने । साथै अस्पताल बनेपछि पशु औषधिको प्रभावकारिता पनि परीक्षण हुनेछ । पशुलाई कस्तो औषधि दिने, कसरी खुवाउने भन्नेबारेमा पनि जानकारी दिने प्रमुख डा चापागाईँले बताए ।
पशुपालन क्षेत्रको व्यवसायीकरण तथा पशु स्वास्थ्य सेवामा निरन्तर लागेको केन्द्रले पछिल्लो समय कृषक तथा पशुपालन व्यवसायीको हितमा काम गरिरहेको उनले बताए। उनले भने, “केन्द्रले किसानको सेवा, सुविधाका लागि थप सामान पनि माग गरेको छ ।” केन्द्रले रगत परीक्षण र जीवाणु परीक्षणको लागि मेसिनको माग गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०१ फागुन २०७७, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
११२ सङ्क्रमित थपिए, ८४ कोरोनामुक्त
पछिल्लो २४ घण्टामा थपिए ९४ जना कोरोना संक्रमित
४ लाख ३० हजार जनाले लगाए कोरोना खोप
खोप लगाउनेको सङ्ख्या लक्ष्यभन्दा आधा कम
कोभाक्स सुविधाबाट प्राप्त कोभिड–१९ विरुद्धको खोप घाना पुग्यो
पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्य परीक्षण जारी, वायोप्सी रिपोर्ट आउन चार दिन लाग्ने