काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राष्ट्रमा निर्वाचन प्रणाली निकै खर्चिलो भएको हुँदा दलले जनताको नाउँमा निष्ठा र इमान्दारिताको राजनीति अङ्गिकार नगर्दा अहिले राजनीतिक सङ्कट उत्पन्न भएको बताउनुभएको छ ।
अध्यक्ष थापाले राप्रपा मकवानपुरद्वारा आज हेटौँडामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा नेपाली कांग्रेस र नेकपाको व्यवहार र कामबाट जनता अहिले आजित भएको बताउनुभयो । उहाँले लोकतन्त्रको आवरणमा मुलुकमा भ्रष्टाचार हावी भएको आरोप लगाउनुभयो ।
उहाँले सार्वभौम सम्भावनासहितको सनातन धर्मको रक्षा गर्न सबै नेपालीको चिन्तन आवश्यक रहेको उल्लेख गर्नुभयो । जिल्ला भेलामा राप्रपाका केन्द्रीय सदस्यत्रय मधु अधिकारी, राजाराम बर्तौला, नवराज विष्ट, नेता बालकृष्ण कार्की, हेटौँडा उपमहानगरपालिका राप्रपाका नगर अध्यक्ष गुरुप्रसाद सापकोटा तथा राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेले राप्रपाले नेपालको संविधानको भावनालाई आत्मसात गर्दै जनतालाई शान्ति सुरक्षा, मौलिक हकको संवद्र्धन गर्न र आर्थिक सुमृद्धितर्फ उन्मुख गराउन सङ्घीय संसद् र प्रदेशसभामा सकरात्मक भूमिका निर्वाह गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ३० माघ २०७७, २० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा
अब एकताबद्ध हुन ढिला नगरौँ : कमल थापा
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा