बस दुर्घटनामा १९ को मृत्यु, २५ घाइते

विहीबार, ०८ चैत्र २०७४, ०६ : ५१
बस दुर्घटनामा १९ को मृत्यु, २५ घाइते

मनिला, फिलिपिन्स । पिलिपिन्सको साब्लायन भन्ने ठाउँमा भएको बस दुर्घटनामा परी १९ जना यात्रुको मृत्यु भएको छ ।

मंगलबार राति राजमार्गमा गुडिरहेको बस दुर्घटनामा परेको थियो । अन्य २५ जना घाइते भएका अधिकारीले जानकारी दिएका छन् ।

उनीहरुले स्थानीय समयअनुसार राती ९.३० बजे दुर्घटना भएको बताएका छन् । गुडिरहेको बसका चालकले नियन्त्रण गुमाएपछि बस दुर्घटनामा परेको प्रकोप जोखिम व्यवस्थापन नगर कार्यालय साब्लायनका प्रमुख अक्रिस पनिल्लोले जानकारी दिनुभयो ।
दुर्घटनामा परी घाइते भएकाहरुलाई नजिकैको स्थानीय अस्पतालमा भर्ना गरेर उपचार गरिएको छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस