काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहीबार जुवाखालबाट जुवाडेलाई पक्राउ गरेको छ ।
प्रहरी निरीक्षक कनबहादुर शाहीको नेतृत्वको प्रहरी टोलीले बिहीबार बेलुका वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेत खजुरामा पर्ने आवास क्षेत्रस्थित बलबहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चामुण्डा बिन्द्रासैनी दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत बस्ने ३२ वर्षीय झक्कबहादुर शाही, सोही वडामा बस्ने २६ वर्षीय खेमराज शाही, २३ वर्षीय भरत शाही, ४२ वर्षीय नरेश शाही र वडा–८ मा बस्ने ४४ वर्षीय रेशम पंगेनी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
घरमा जुवातास खेलिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा जिप्रकाबाट खटिएको टोलीले जुवाखालबाट तीन गड्डी तास र रु ४४ हजार १३५ नगद बरामद गरेको जनाउँदै प्रहरी नायब उपरीक्षक घर्तीले पक्राउ गरिएका पाँच जनालाई जुवा कसुर ऐन अन्तरगत कारवाहीका लागि आवश्यक अनुसन्धान भइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ३० माघ २०७७, १८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ