काठमाडौँ । राज्यविरुद्धको अपराधको आरोपमा पक्राउ पर्नुभएकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले आजै साँझ रिहा गरेको छ ।
राष्ट्रपति संस्था र व्यक्तिप्रति आफ्नो सदैव सम्मान रहेको लिखित प्रतिबद्धता जनाएपछि उहाँलाई छाडिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । उक्त कसुर गरेको आरोपमा महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले झाँक्रीलाई काठमाडौँ महानगरपालिका–३१ स्थित शङ्खमूलस्थित निवासबाट पक्राउ गरेको थियो ।
यसअघि गोरखाको एक कार्यक्रममा राष्ट्रपतिविरुद्ध ‘अशोभनीय’ टिप्पणी गरेपछि उहाँको आलोचना हुँदै आएको थियो । सत्तारुढ नेकपानिकट अखिल नेपाल महिला सङ्घले झाँक्रीलाई कारवाहीको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको थियो । सोही निवेदनको आधारमा प्रहरीले अनुसन्धानका लागि उहाँलाई नियन्त्रणमा लिइएको प्रवक्ता कुँवरले बताउनुभयो ।
रिहापछि झाँक्रीले प्रतिक्रिया दिँदै राष्ट्रपति संस्थाप्रति आफ्नै सधैँ सम्मान रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २९ माघ २०७७, २१ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीमाथि लगाइएका आपराधिक आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ : रामकुमारी झाँक्री
‘विगत र वर्तमानलाई दाँजेर ट्रोल गरे पनि स्वीकार छ’ : रामकुमारी झाँक्री
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
रामकुमारी झाँक्रीको असंगतिपूर्ण राजनीति
ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू
एकीकृत समाजवादीसँगको अध्याय सकियो , ‘पज’ को अवस्थामा छौं : रामकुमारी झाँक्री