१६ अंकले घट्यो नेप्से परिसूचक

सफल खबर संवाददाता

विहीबार, २९ माघ २०७७, १५ : ४६
१६ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १६ दशमलव ११ अंकले घटेर २ हजार ५ सय २६ दशमलव ९२ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ६६ अंकले ओरालो लागेको छ । कारोबार रकम करिब साढे ८ अर्ब पुगेको छ । दिनभर भएका ७२ हजार ७ सय ३७ कारोबारबाट २ सय ६ कम्पनीका १ करोड ६० लाख ५८ हजार ४ सय ५८ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ८ अर्ब ४१ करोड १७ लाख ३२ हजार रुपैयाँ नाघेको छ । बैंकहरुको सेयरमा भने लगानीकर्ताहरुको आकर्षण कायमै देखिएको छ । धेरै कमर्सीयल बैंक र विकास बैंकको सेयर मूल्इ धेरै बढेको छ । समग्रमा बजार घट्दा पनि सेयर बजारमा कारोबार हुने १३ समूहहरु मध्ये बैंकिङ, विकास र म्चुअल फण्ड समूहको सबइन्डेक्स भने बढेको छ ।

बिहीबार धेरै कमाउनेमा चन्द्रागिरी हिल्सका लगानीकर्ता देखिएका छन् । चन्द्रागिरीको ५।०३ प्रतिशत भन्दाधेरैले सेयर मूल्य बढेको छ । लुम्बिनी विकास बैंकको सेयर मूल्य ४ अंकले बढेको छ भने ज्योति विकास बैंक ३।९८ प्रतिशतले बढेको छ ।

बिहीबार धेरै गुमाउनेमा लघुवित्त संस्थाहरु धेरै देखिएका छन् । सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले बिहीबार धेरै गुमाउका छन् । यस संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ । दोस्रोमा डेप्रोक्स लघुवित्तको ९।९९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

डेप्रोक्सले बिहीबारमात्रै १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यस संस्थाको अपेक्षा गरिए भन्दा कम लाभांश घोषणा भए पछि सेयर मूल्य घटेको हो ।

प्रतिक्रिया दिनुहोस