काठमाडौं । विवादास्पद प्रावधानका कारण लामो समयदेखि संसदमा विचाराधीन सूचना प्रविधिसम्बन्धी विधेयकमा भएकै व्यवस्था समेटेर सरकारले समाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्ने भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा सूचना तथा प्रसारण विभागले निर्देशिकाको मस्यौदा तयार पारिसकेको छ । निर्देशिका लागू भए नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल कम्पनीले तीन महिनाभित्र सरकारी निकायमा दर्ता हुनुपर्नेछ ।
कान्तिपुर दैनिकले संसदबाट विधेयक पास हुन नसकेपछि छिद्र बाटो केपी ओली सरकारले अपनाएको खबर छापेको छ ।
सामाजिक सञ्जालमार्फत गोलीगलौज गरे वा गलत आरोप लगाए कारबाही गर्ने छुट्टै कानुन हुँदाहुँदै निर्देशिका बनाउनु सरकार स्वस्थ आलोचनासँग डराएको संकेत भएको समाचारमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको भनाइ छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २८ माघ २०७७, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमा मात्रै उम्मेदवारहरुले गरे १ करोड ५६ लाख खर्च
प्रहरीले बढायो सामाजिक सञ्जालमा उच्च निगरानी
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
सरकारले खुलायो सामाजिक सञ्जाल
यी हुन् नेपालमा दर्ता भएका र नभएका सामाजिक सञ्जाल (सूचीसहित)