चीनले अनुदान स्वरूप ५ लाख कोभिड खोप दिने

पत्रपत्रिकाबाट

मंगलबार, २७ माघ २०७७, ०८ : १५
चीनले अनुदान स्वरूप ५ लाख कोभिड खोप दिने

काठमाडौं । चीनले नेपालको लागि कोभिड १९ विरुद्धको खोप अनुदान स्वरूप दिने भएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्र मन्त्रालयलाई दिने जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीसँग बीचमा आपसी हितको विषयमा भएको छलफलको क्रममा यस्तो खोप उपलब्ध गराउने जानकारी दिएको छ।

सो क्रममा मन्त्री ज्ञवालीले चीनलाई धन्यवाद दिएको मन्त्रालयले जनाएको छ। सोही क्रममा विदेशमन्त्री याङले चीनले कोरोना विरुद्धको खोपमा नेपाललाई प्राथमिकता दिने बताए। यसअघि चीनले नेपाललाई ३ लाख खोप दिने घोषणा गरेको थियो।  

औषधि व्यवस्था विभागले खोपलाई अनुमति दिने प्रक्रिया पूरा भएलगत्तै खोप आइपुग्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आइतबार नागरिकसँत बताए। खोप नेपालको खोप भण्डारणको तापक्रमसँगै मिल्दोजुल्दो भएकोले चीनले दिने खोप नेपालको लागि अनुकूल भएको मन्त्री ज्ञवालीको भनाइ छ।  नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस