बेलायतले नेपाललाई  कोभ्याक्स  सुविधा उपलब्ध  गराउने

पत्रपत्रिकाबाट

मंगलबार, २७ माघ २०७७, ०७ : २८
बेलायतले नेपाललाई  कोभ्याक्स  सुविधा उपलब्ध  गराउने

काठमाडौं । बेलायतले नेपाललाई कोभिड–१९ विरुद्धको  खोप  कोभ्याक्स  सुविधा मार्फत  उपलब्ध  गराउने  भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बेलायतका विदेशमन्त्री  लर्ड  अहमदबीच  सोमबार  भएको  भर्चुअल  वार्ताका क्रममा बेलायतले कोभ्याक्समार्फत खोप सहयोग गर्न लागेकामा मन्त्री ज्ञवालीले सराहना गरे ।

 नेपालसहित  अन्य  विकासशील  देशहरू  कोभ्याक्स  सुविधाको  खोपबाट  लाभान्वित  हुने  मन्त्री  ज्ञवालीले  स्पष्ट  पारे ।  मानव समुदायले सामना गरिरहेको महामारीको साझा चुनौतीलाई सम्बोधन गर्न  द्विपक्षीय  र  बहुपक्षीय  तहमा  ठोस  प्रयासको  आवश्यकतामा  उनले  जोड दिए । 

बेलायतका  विदेशमन्त्री  अहमदले  कोभिड  महामारीविरुद्धको  लडाइँसँगै  विभिन्न  क्षेत्रसँग  जोडिएर  नेपालसँग  निरन्तर  विकास  साझेदारी  गर्ने  प्रतिबद्धता  व्यक्त गरे ।  वार्ताका  क्रममा  नेपाल–बेलायत  द्विपक्षीय  सम्बन्ध  र  सहयोगसम्बन्धी विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले  जनाएको  छ  ।  गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस