काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हडपिएको भूमि हाम्रो हो भन्दा धम्की सुन्नुपरेको बताएका छन् ।नेपाल भारतबीच गम्भीर कूटनीतिक प्रयास र छलफलबाट सीमासम्बन्धी समस्या समाधान गर्नुपर्नेमा उनले जोड समेत दिएका छन् ।
नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’ विषयक गोष्ठीमा आइतबार प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो भूमि हडपिएको छ, भोग चलन गर्न पाएका छैनौं, हाम्रो हो,’ भन्दासमेत गाली खानु र धम्की सुन्नुपरेको छ ।’
अबका दिनमा सीमाका विषयमा तथ्य प्रमाणसहित वार्तामा जाने बताउँदै प्रधानमन्त्री ओलीले सिमाना हेर्ने राष्ट्रसेवक तथा सिमानाको सुरक्षा खटिनेलाई भूमि मिचिनबाट रोक्नेतर्फ विशेष ध्यान पुर्याउन निर्देशन दिए । भूमिको मामिला निकै संवेदनशील भएकाले सीमा सुरक्षासँग सरोकारवाला निकाय निकै सजग र सचेत हुनुपर्ने उनले बताए ।
लिम्पियाधुरा, लिपुलेक र कालापानीका विषयमा तथ्य प्रमाणका आधारमा भारतसँग मित्रतापूर्ण र खुलस्त कुराकानी गरिने बताउँदै उनले भने, ‘हाम्रा भू(भाग फिर्ता लिनुपर्छ, सत्य र तथ्यमा आधारित भएर चल्नुपर्छ ।’
सीमा सुरक्षा भनेको समग्र राष्ट्रिय सुरक्षाको महत्वपूर्ण भाग र अङ्ग भएको बताउँदै प्रधानमन्त्री ओलीले सीमा सुरक्षा नभए राष्ट्रको सुरक्षा नहुने बताए ‘राष्ट्रको सुरक्षाका लागि सीमा सुरक्षा हुनुपर्छ । सीमा सुरक्षा अत्यन्तै महत्वपूर्ण कुरा हो, त्यसका निम्ति सुरक्षा नीति कार्यान्वयन कार्यनीति बनाएका छौं,’ उनले भने ।
नेपालको तराई क्षेत्रका बस्तीभन्दा पनि यता सीमास्तम्भ ल्याइएको घटनाको प्रसंग उल्लेख गर्दै उनले भने, ‘रिफरेन्स सीमास्तम्भलाई वास्तविक सीमास्तम्भ मान्न सकिन्न । हामीले हाम्रो भू(भागको सुरक्षाका लागि जिम्मेवार ढंगबाट पहल गर्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ माघ २०७७, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति