काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार सामान्य बढेर तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलमा ९० हजार १५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आइतबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । शुक्रबार तोलामा १२९० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर १३१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ माघ २०७७, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
सुनको भाउ ४७ सयले वृद्धि, कति पुग्यो तोलाको ?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?