लकडाउनपछि महिलामा देखिन थाल्यो यस्तो समस्या

पत्रपत्रिकाबाट

आइतबार, २५ माघ २०७७, ०८ : १५
लकडाउनपछि महिलामा देखिन थाल्यो यस्तो समस्या

काठमाडौं ।  कोरोना  भाइरस  (कोभिड–१९)  महामारीका  कारण  गरिएको  बन्दाबन्दीले महिलामा हुने पाठेघर क्यान्सरको समस्या  बढाएको  छ  । 

कोरोना  सर्ने  डर  तथा  बन्दाबन्दीका  कारण  अस्पताल  जान  नपाएर  पाठेघरमा  सामान्य  समस्या  भएको  महिलामा  अहिले  क्यान्सर  रोग  भइसकेको  स्त्री  तथा  क्यान्सर रोग विशेषज्ञहरूले जनाएका छन् । 

थापाथलीस्थित  परोपकार  प्रसूति  गृह  तथा  स्त्री रोग अस्पतालका स्त्री तथा क्यान्सर रोग विशेषज्ञ  डा.  कृतिपाल  सुवेदीले  बन्दाबन्दीका  कारण धेरै महिलामा पाठेघरको मुखको क्यान्सर भएको जानकारी दिए ।

“समयमा उपचार गरे क्यान्सरसम्म पुग्नुपर्ने अवस्था थिएन,” उनले भने, “सामान्य लक्षण देखिएकाहरूमा पनि बन्दाबन्दीका  कारण  अहिले  उपचारका  लागि  अस्पताल  आउँदा  रोग  फैलिएर  क्यान्सरसम्म  भएको छ ।” गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस