काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली प्रशंसाको भोको रहेको र कसैले आलोचना गर्ने बित्तिकै उनी आक्रोशित हुने गरेको बताएका छन् । शनिबार मिडिया एलाइन्ससँगको अन्तरक्रिया कार्यक्रममा उनले आफूहरुले ओलीको आलोचना गरेको नभइ प्रतिगामी कदम र प्रवृत्तिको विरोध गरेको बताए ।
प्रजातन्त्र र लोकतन्त्र नै खतरामा पर्ने अवस्था आएपछि आफूहरुले त्यसको रक्षाका लागि अग्रसरता लिएको पनि नेपालले बताए । ‘हामी संविधानको पक्षमा छौं । ओलीको कदमविरुद्ध अरु पार्टीसँग सहकार्यका लागि जरुरी छ र प्रयास जारी छ’, नेपालले ओलीको कदमविरुद्ध संयुक्त आन्दोलनमा जोड दिँदै भने, ‘अधिनायकवादविरुद्ध हामी हातेमालो गर्दै आन्दोलनमा जान चाहन्छौं । तपाईँहरु मिडियाको भूमिका पनि महत्वपूर्ण छ ।’
आफूहरु सबै किसिमका निरंकुशताको विरुद्ध रहेको बताउँदै नेपालले आत्मप्रशंसामा रमाउने बानीले ओलीलाई बिगार्दै लगेको पनि बताए । पार्टीमा रहाल कायम रहेको ४३३ मध्ये २८८ जना केन्द्रीय आफूहरुको पक्षमा रहेको भन्दै आधिकारिक पार्टी आफूहरु रहेको नेपालले बताए । उनले कुनै पनि हालतमा प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने भन्दै संविधानले प्रधानमन्त्रीलाई विघटनको अधिकार नै नरहेको दोहोर्याए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ माघ २०७७, १७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ