काठमाडौँ । साप्ताहिक कारोबारको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य तोलामा ९ सय ४५ रुपैयाँले घटेको छ । नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७७ हजार १ सय ६० रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ७८ हजार १ सय ५ रुपैयाँ थियो ।
शुक्रबार तेजाबी सुनको मूल्य भने तोलामा ९ सय रुपैयाँले घटेको छ । शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार ७ सय ७५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ७७ हजार ६ सय ७५ रुपैयाँ थियो ।
बिहीबार पनि सुनको मूल्य तोलामा ७ सय ७० रुपैयाँले घटेको थियो । बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७८ हजार ८ सय ७५ रुपैयाँ थियो भने तेजाबी सुनको मूल्य ७८ हजार ४ सय ४५ रुपैयाँ थियो ।
शुक्रबार चाँदीको मूल्यमा पनि केही गिरावट आएको छ । बिहीबार प्रतितोला १ हजार १ सय १४ रुपैयाँ ५० पैसा रहेको चाँदीको मूल्य ८ रुपैयाँ ५० पैसा घटेर प्रतितोला १ हजार १ सय ६ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ माघ २०७७, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो,चाँदी स्थिर
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
आज कति छ सुनचाँदीको मूल्य ?