काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीले पञ्च¥याली गरे पनि आफूहरुले जनआन्दोलन गरेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा बिहीबार गरेको आम हड्तालमा सहभागी हुँदे प्रचण्डले अब जनआन्दोलन गर्ने बताए ।
‘अब हामी जनआन्दोलन गर्दै जान्छौँ, जनआन्दोलन सुरु भइसक्यो, केपीजी त पञ्चर्याली गर्दै छन्’ प्रचण्डले भने, ‘ओलीको समर्थनमा हुने प्रदर्शन पञ्चे र्याली मात्र हो । उनले यो आन्दोलन ७० वर्ष लामो नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि भएको बताए । ७० वर्षदेखि नेपाली जनताले ल्याएको उपलब्धिको रक्षाका लागि भएको आन्दोलन जनआन्दोलन नै भएको बताए ।
प्रचण्डले संविधान मिचिएकाले कांग्रेस लगायत अन्य दल र नागरिक समाजसमेत सडक आन्दोलनमा आउने बताए । उनले फागुनदेखि संयुक्त आन्दोलन हुने र केपी ओलीलाई त्यही आन्दोलनले बढार्ने बताए । उनले यो आन्दोलन लोकतन्त्रको रक्षाको लडाइँका लागि भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ माघ २०७७, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संविधान र संघीय व्यवस्थाविरुद्ध उन्मुख छ: प्रचण्ड
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड