काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपि शर्मा ओलीको कदमका विरुद्ध आयोजित आम हडताल सफल पार्न आह्वान गर्दै विहिवार विहानदेखि वागवजार, भोटाहिटी, जमल, रत्नपार्क क्षेत्रमा जुलुसहरु भइरहेका छन् ।
नेकपा प्रवक्ता एवम् आन्दोलन परिचालन समितिका संयोजक नारायणकाजी श्रेष्ठले विहानैदेखि ती जुलुसहरुको नेतृत्व गरिरहेका छन् । यस क्षेत्रको प्रदर्शनमा अनेरास्ववियू र मजदुरको टोली खटिएको छ । टोलीमा अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ, मजदुर नेता जगत सिंखडा, विद्यार्थी नेता सुरेन्द्र बस्नेत, पञ्चा सिंह, दिपेश पुन, इन्द्र भुषाल, आरती लामा, पवन कार्की लगायतको सहभागिता रहेको छ ।
वागवजारवाट विहानै अनेरास्ववियूका पुर्व अध्यक्ष रमेश मल्ल , तिलकराज भण्डारी, रविनजंग बस्नेत, सपिम खरेल सहितको टोली गिरफ्तार गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जनाए । प्रदर्शनका क्रममा राज्यको ढिकुटी रित्याउन पाइंदैन, सरकारी पञ्च र्याली चाहिँदैन, संवैधानिक कदम खारेज गर, संवैधानिक नियुक्ति खारेज गर, जस्ता नारा लगाइएको बस्नेतले वताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ माघ २०७७, १० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीले गरे माइतीघरमा प्रदर्शन
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध तरुण दलको प्रदर्शन
सिंहदरबार गेटमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन
बालेनको सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन
जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन, न्याय र संरचनागत सुधारको माग
नेपाल बारले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध लालटिन बालेर प्रदर्शन