लाइसेन्सका लागि आवेदन दिनेले अब असारपछि मात्र पालो पाउने

पत्रपत्रिकाबाट

विहीबार, २२ माघ २०७७, ०८ : ०८
लाइसेन्सका लागि आवेदन दिनेले अब असारपछि मात्र पालो पाउने

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन दिनेले अब आगामी असारपछि मात्र पालो पाउने भएको खबर छापेको छ ।

आज प्रकासित राजधानी दैनिकले कोरोना महामारीका कारण १० महिनापछि खुलेको लाइसेन्स आवेदनमा हालसम्म झण्डै ३ लाखले आवेदन दिएको समाचारमा उल्लेख छ । 

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले असारसम्म परीक्षा दिने मिति सकिएकाले अब भर्नेले त्यसपछि मात्र पालो पाउने बताए ।