आफनै कार्यकालमा महानगर भित्र खरका छानो बिस्तापित गर्ने महानगर प्रमुख दाहालको घोषणा

प्रकाश सिग्देल

बुधबार, २१ माघ २०७७, १८ : १५
आफनै कार्यकालमा महानगर भित्र खरका छानो बिस्तापित गर्ने महानगर प्रमुख दाहालको घोषणा

चितवन । झरिपरेका बेला राम्रोसँग ओत पनि नलाग्ने अवस्थामा पुगिसकेको सानो खरले छाएको झुपडी घरलाई अब कहाँबाट खर खडाई ल्याएर छाउने भन्ने चिन्ताले भरतपुर महानगर वडा नम्बर २५ रातापुरका शिवराम चौधरी निकै पिरोलिएका थिए । निकुन्जमा खर खडाई काट्न जाउ सेनाले प्रबेश दिदैन, जस्ता ल्याएर छाउ आर्थिक अभाव छ , कसैसंग ऋण खोजेर घर बनाउ कमाएर तिर्न सक्ने अवस्था छैन् , आफु श्रम गर्न जाउ उमेरले डाँडो काट्न लाग्यो, छोरानातीसँग मागु सबै आफनो सुरु गरेर बसेका छन् । उनलाई बुढेसकालमा ओत पनि लाग्दैनकी भन्ने निकै ठुलो चिन्ताले मन पोल्न थालेको थियो ।  

बुढेशकालमा छोराछोरी र परिवारले आफनो सुर गरेर हिँडेपछि सानो खरको माटाले पोतेको झुपडी घरमा एक्लै बस्दै आएका ७२ वर्षिय चौधरीको आगनमै  घर बनाउने  सामाग्री लिएर भरतपुर महानगर प्रमुख रेनु दाहाल पुगेपछि चौधरीले आफुलाई निकै भाग्यमानि महसुस गरे । यो बुढेसकालमा  नयाँ टिनले छाएको टलक्क परेको घरमा बसौँला भन्ने आफुले कल्पना पनि नगरेको चौधरी  बताउँछन् ।

मेयर दाहाल जस्ता पातासहित निर्माण सामाग्री नै बोकेर घर पुगेपछि उनले आफुजस्ता गरिवहरुको पनि साहारा दिने मान्छे त भगवानले जुटाउदा रहेछ् भन्दै खुसिका शब्दहरु मेयर दाहास संग साटासाट गरे । मेयर दाहालले चौधरीको घरको निरिक्षण गर्दैै खरको छानोमुक्त गर्ने अभियान अन्त्रगत  महानगर भित्रका सबै खरका घरलाई जस्ताको घरमा परिणत गरीने बताउनु भयो ।

मेयर दाहालले चौधरी सहित महानगरका २५, २१,२३,२४,२७ र २० नम्वर वडाका ११९ घर धुरी परिवार लाई जस्ता पाता सहित अन्य निमार्ण सामाग्री हस्तान्तरण गर्नुभयो । महानगर २५ को वडा कार्यालयमा एक औपचारिक कार्यक्रम गरी नगद ५० हजार बरावरको सो सामाग्री हस्तान्तरण गरिएको हो ।

आर्थिक अभावका कारण झुपडीमा बस्न बाध्य महानगरवासीहरुलाई महानगरले नेकपाका अध्यक्ष तथा सोही निर्वाचन क्षेत्रका संसद पुस्पकमल दाहाल प्रचण्डको संयोजनमा खरका छानो बिस्तापित गर्ने अभियान थालिएको दाहालको भनाई छ ।

‘महानगरलाई  विकास र समृद्धिको बाटोमा अगाडि बढाउँदै  स्मार्ट महानगर बनाउने अभियान तीव्र पारेको र  विकाससगैँ जनतालाई खुसी बाढ्ने अभियानमा आफुहरु निरन्तर लागी रहेको दाहाल बताउनुहुन्छ । पहिलो चरणमा ११९ घरलाई बाढिएको र अव फेरी ६०० घरलाई पनि सामाग्री प्रदान गरिने दाहालको भनाई छ ।  

यसअघि गत बर्ष मात्रै वडा नम्बर २२, २६ र २८ का ६५ घरघुरी विपन्नलाई जस्तापाता हस्तान्तरण गरि खरको छानो मुक्त बनाईएको थियो ।

भरतपुर महानगरपालिकाले महानगरभित्रका सबै वडामा १ हजार ४१ वटा खरको छानो रहेको जानकारी दिएको छ । भरतपुर महानगरपालिका वडा नं २५ का वडा अध्यक्ष विजयकुमार भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  वडा नम्बर २१ का वडा अध्यक्ष चित्रसेन अधिकारी, २४ का अध्यक्ष कान्छा मल्ल, सुरक्षित नागरिक आवास निर्माणका अध्यक्ष चुनसिंह सार्की, नेकपा अध्यक्ष एवं पुर्व पधानमन्त्री प्रचण्डको चितवन कार्यालय सचिव निशा न्यौपाने, विभिन्न वडाका अध्यक्षहरुले जस्तापाता वितरण अभियानले महानगर बिपन्न नागरिकको साथै छ भन्ने अनुभुति गराएको बताएका थिए । पूर्वप्रधामन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डको पहलमा खरको छानो मुक्त बनाउने अभियानलाई तीव्र पारिएको हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस