ओली नेतृत्वको सरकार जंगलीराजमा चलेको छ : अध्यक्ष प्रचण्ड

सफल खबर संवाददाता

बुधबार, २१ माघ २०७७, १५ : ३२
ओली नेतृत्वको सरकार जंगलीराजमा चलेको छ : अध्यक्ष प्रचण्ड

file photo

काठमाडौँ । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नेतृत्वको सरकारले जंगलीराज सुरु गरेको बताएका छन् । 

बुधबार बर्हिगमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान ओली नेतृत्वको सरकारका कामकारवाही हेर्दा जंगलीराजको सुरु भएको आभास भएको बताएका हुन् । 

‘हिजो हामीले जनताको पक्षमा आन्दोलन गर्दा हामीलाई जंगली भन्थे । तरपनि हामी त जनताकै घरदैलोमा थियौ तर आज ओली नेतृत्वको सरकारचाहीँ जंगलीराजमा चलेको छ’, प्रचण्डको भनाई छ ।

प्रतिक्रिया दिनुहोस