४१ किलो गाँजा बरामद

सफल खबर संवाददाता

बुधबार, २१ माघ २०७७, १२ : १९
४१ किलो गाँजा  बरामद

सप्तरी । सप्तरीबाट सशस्त्र प्रहरीले ४१ किलो गाँजा बरामद गरेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडानम्बर १ सकरदहीमा परालको थुप्रोमा लुकाएर राखिएको अवस्थामा लागुऔषध गाँजा बरामद गरिएको सशस्त्र प्रहरी सप्तरीका प्रमुख प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सार्वजनिक जग्गामा राखिएको परालको थुप्रोभित्र लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको हो ।गाँजा राखेर विभिन्न ठाउँमा बिक्री वितरण गर्ने गरिएको बताउँदै उनले यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस