३ वर्षभित्र उत्कृष्ठ १० वाणिज्य बैंक बन्ने सिटिजन्स बैंकको लक्ष्य

सफल खबर संवाददाता

बुधबार, २१ माघ २०७७, ११ : ३९
३ वर्षभित्र उत्कृष्ठ १० वाणिज्य बैंक बन्ने  सिटिजन्स बैंकको लक्ष्य

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ३ वर्षभित्र उत्कृष्ठ १० वाणिज्य बैंक बन्ने लक्ष्य लिएको छ । सञ्चालनमा रहेको २७ वाणिज्य बैंकमध्ये सिटिजन्स बैंकले सो समयभित्र सबै परिसूचकमा ‘टप टेन’ मा पर्ने लक्ष्य लिएको बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले जानकारी दिए ।

बैंकले मंगलबार आयोजना गरेको पत्रकार अन्त्ररक्रिया कार्यक्रममा कलडाउनको समयमा समग्र बैंकिङ क्षेत्रमा परेको प्रभाव र त्यसबाट उत्पन्न बैंकलाई परेको प्रभावबारे जानकारी दिएको छ । कोभिडको प्रभावबीच दोस्रो त्रैमाससम्म सन्तोषजनक प्रगति हासिल गर्न सकेको समेत बैंकले जनाएको छ । 

यो वर्ष अधिकांश बैंक तथा वित्तीय संस्थाको नाफा घटेको भए पनि बैंकको नाफा बढेको कम्पनीले जनाएको छ । निक्षेप वृद्धिमा उत्साहजनक प्रगति हासिल गर्न सफल भए पनि कर्जा विस्तारमा थप काम गर्नुपर्ने अवस्था रहेको बैंकले स्वीकार गरेको छ ।

दोस्रो त्रैमासमा बैंकको निष्क्रिय कर्जा केही बढेको देखिए पनि अहिले ठूला केही कर्जाहरु असुल भइसकेको बैंकले जनाएको छ । कोभिड महामारीको बीचमा मात्रै सोख बैंकले आफ्ना ऋणीहरुलाई २६ करोड रुपैयाँ छुट दिएको जनाएको छ ।