म्यानचेस्टर युनाइटेडद्धारा साउथह्याम्पटन ९–० ले पराजित

एजेन्सी

बुधबार, २१ माघ २०७७, ०८ : १४
म्यानचेस्टर युनाइटेडद्धारा साउथह्याम्पटन ९–० ले पराजित

लन्डन । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा मंगलबार साउथह्याम्पटनलाई कीर्तिमानी गोल अन्तरले हराएको छ । उसले घरेलु मैदानमा साउथ ह्याम्पटनलाई ९–० को फराकिलो अन्तरले पराजित गर्‍यो ।

लिगमा यो कीर्तिमान अन्तरको जित हो । खेलको अन्त्यमा साउथह्याम्पटन नौ खेलाडीमा सीमित रहेको थियो । यो जितपछि ओले गन सोल्सारको टिमको ४४ अंक भएको छ । यो शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीकै बराबरी हो । तर सिटीले दुई खेल कम खेलेको छ । ओल्ड ट्रायफोर्डमा प्राप्त यस जितसँगै म्यानचेस्टरले सन् १९९५ मा इपस्विच टाउनमाथि बनाएको समान स्कोरको बराबरी गरेको छ ।

सन् २०१९ मा पनि लेस्टरले साउथह्याम्पटनलाई नौ गोलको अन्तरले नै हराएको थियो । यसपल्टको म्यानचेस्टरको जितमा एन्थोनी मार्सिएलले दुई गोल गरे भने आरोन वान, मार्कोस रसफोर्ड, जान बेडनारेक, एडिसन कभानी, स्कट म्याकटोमनी, ब्रुनो फर्नान्डेज र ड्यानिएल जेम्स एक–एक गोल गरे ।

आर्सनल पनि रातो कार्डले दुई खेलाडी गुमाएको खेलमा उल्भ्ससँग २–१ ले पराजित रह्यो । लिगका पछिल्ला नौ खेलमा उल्भ्स विजयी रहेको यो पहिलोपल्ट हो । आर्सनलले पेपेको गोलले अग्रता लिएको थियो तर रुबेन नेभेस र जोओ मोउटिन्होको गोलले उल्भ्स जित निकाल्न सफल रह्यो । उल्भ्स अन्तिम पटक डिसेम्बरमा चेल्सीविरुद्ध विजयी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस