मोहनबहादुर मल्ल पुरस्कार पौडेललाई

रासस

मंगलबार, २० माघ २०७७, १३ : ५९
मोहनबहादुर मल्ल पुरस्कार पौडेललाई

बलेवा । साहित्यकार मोहनबहादुर मल्लको स्मृति दिवसका अवसरमा शोधकर्ता डा षडानन्द पौडेललाई पुरस्कृत गरिने भएको छ । मल्लको कृतिहरुमा शोध गरेका पौडेलको योगदानको मूल्याङ्कन गर्दै सो पुरस्कार दिन लागिएको हो । 

मोहनबहादुर मल्ल स्मृति प्रतिष्ठान समितिले स्थापना गरेको रु २५ हजार राशिको मोहनबहादुर मल्ल पुरस्कार २०७७ पहिलोपटक प्रदान गर्न लागिएको समितिका अध्यक्ष काजी रोशनले बताए। 

मल्लको ११०औँं जन्मजयन्तीको अवसरमा माघ २३ गते सो पुरस्कार समर्पण गरिने छ । पर्वतको मल्लाजमा जन्मिएका नेपाली साहित्य, उपन्यासलगायतको लेखन विधाका उत्कृष्ठ व्यक्तित्वको रुपमा गनिन्छन्।

शोधकर्ता डा पौडेलले मल्लका उपन्यासमा यथार्थतावाद विषयमा पहिलो पटक विद्यावारिधि गरेका थिए । उनि त्रिभुवन विश्वविद्यालयको नेपाली विभागका प्राध्यापक छन्  । 

प्रतिक्रिया दिनुहोस