वीरका स्वास्थ्यकर्मीको रोकिएन आन्दोलन,सरकारले जोखिम भत्ता नदिएको भन्दै बसे धर्नामा

सफल खबर संवाददाता

मंगलबार, २० माघ २०७७, १२ : ३०
वीरका स्वास्थ्यकर्मीको रोकिएन आन्दोलन,सरकारले जोखिम भत्ता नदिएको भन्दै बसे धर्नामा

काठमाडौं । जोखिम भत्ता नपाएको भन्दै वीर अस्पतालका चिकित्सकहरु  धर्नामा बसेका छन् । कोरोना महामारीको समयमा काम गरेको समयको भत्ता नपाएको भन्दै वीर अस्पतालका चिकित्सकहरु पुनः धर्नामा बसेका हुन् ।

कोभिड–१९ को समयमा काम गरेबापत् सरकारले उपलब्ध गराउने भनेको जोखिम भत्ता नपाएको भन्दै उनीहरुले इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्ने भएका छन् ।

मंगलबार बिहानदेखि धर्नामा बसेका उनीहरुले प्रशासनले समस्या सम्बोधन नगरेसम्म सेवा सुचारु नगर्ने बताएका छन् ।
 

प्रतिक्रिया दिनुहोस