चलचित्र निर्माण गर्दै अभिनेत्री करिश्मा मानन्धर

सफल खबर संवाददाता

सोमबार, १९ माघ २०७७, १६ : ४६
चलचित्र निर्माण  गर्दै अभिनेत्री करिश्मा मानन्धर

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले फिल्म ‘बनवास’ निर्माण गर्ने भएकी छन् । सामाजिक संजाल फेसबुक मार्फत उनले फिल्मको घोषणा गरेकी हुन् ।
पछिल्लो समय ‘फागु’ नामक फिल्म बनाएकी करिश्मा केही समयको अन्तरालपछि निर्माणमा देखिन लागेकी हुन् । फिल्ममा उनकी छोरी कविता र अभिनेता सरोज खनालको मुख्य भुमिका रहने छ । 

बाबुछोरीको सम्बन्धको बिषयमा आफुले फिल्म ‘बनबास’ बनाउन लागेको करिश्माले बताइन् । ‘केही अगाडिदेखि यो फिल्मको तयारीमा थिए’ मानन्धरले भनिन् ‘अहिले आएर घोषणा गरेकी हँ ।’ फेसबुकमा करिश्माले फिल्मको थिम पोस्टर समेत सार्वजनिक गरेकी छन् ।