काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षले आफूहरु नै आधिकारिक पार्टी भएको दावी गरेको छ । सो पक्षको सोमबार बसेको केन्द्रीय समिति बैठकले यसअघि नै अध्यक्षबाट हटाइएका केपी ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट बर्खास्त गर्ने प्रस्ताव अनुमोदन गरेको छ भने महासचिव विष्णु पौडेललाई पनि जिम्मेवारीबाट हटाएको छ ।
आफ्नो पक्षमा दुई तिहाइ केन्द्रीय सदस्य रहेको दावी गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगलाई आधिकारिक पार्टी आफूहरु रहेको जानकारी दिँदै पत्र लेख्ने निर्णय बैठकले गरेको जानकारी दिए । उनले यसअघि आयोगले पठाएको पत्र प्राप्त भएको भन्दै फेरि पनि सबै आन्तरिक विषय खुलाएर आयोगलाई आधिकारिकता दिनका लागि पत्र लेख्ने निर्णय भएको बताए ।यस्तै पार्टीका नेताहरु हस्ताक्षरसहित आयोग जाने समेत बताइएको छ ।
बैठकले प्रधानमन्त्री ओलीको कदमको विरोधमा घोषित आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउन पार्टी पंक्तिलाई निर्देशन पनि दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ माघ २०७७, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ