बार्सिलोनाका लागि मेसीले गरे ६ सय ५०औं गोल

एजेन्सी

सोमबार, १९ माघ २०७७, ०७ : ५४
बार्सिलोनाका लागि मेसीले गरे ६ सय ५०औं गोल

म्याड्रिड । बार्सिलोनाका लागि लियोनल मेसीले आइतबार ६ सय ५०औं गोल गरेका छन् । उनले फ्रि–किकबाट गरेको गोलमा बार्सिलोनाले स्पेनी ला लिगामा एथ्लेटिक बिलबाओलाई २–१ ले हरायो ।

यो उनले फ्रि–किकबाट बार्सिलोनाका लागि गरेको ४९औं गोल पनि रह्यो । तर जोर्डी अल्बाले आत्मघाती गोल गरेपछि खेल बराबरीमा आएको थियो । यस्तोमा एन्टोन ग्रिजमनले बार्सिलोनाका लागि निर्णायक गोल गरे ।

यो नतिजापछि बार्सिलोना र रियल म्याड्रिड दुवै समान ४० अंकमा रहे । बार्सिलोना दोस्रो स्थानमा छ । तर दुवै टोली शीर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिडभन्दा १० अंकले पछाडि छन् ।