संसद विघटन मुद्दामा रिट निवेदक पक्षका वकिलको बहस सकियो

सफल खबर संवाददाता

आइतबार, १८ माघ २०७७, १६ : ५०
संसद विघटन मुद्दामा रिट निवेदक पक्षका वकिलको बहस सकियो

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामा रिट निवेदक पक्षका वकिलको बहस सकिएको छ।

संवैधानिक इजलासमा आइतबार रिट निवेदक १३ जनासहित अरू वकिलको बहस सकिएको हो।

रिट निवेदनका पक्षमा बहस गर्ने सबै वकिलहरू प्रधानमन्त्रीलाई संसद विघटन गर्ने कुनै अधिकार नएकाले यो असंवैधानिक कदम खारेज हुन पर्ने माग गरेका छन्।

संवैधानिक इजलासमा पुस २२ देखि ती मुद्दामा निरन्तर सुनुवाइ भइरहेको छ।  

अब भोलिदेखि सरकारी र प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलहरूले बहस गर्न थाल्ने छन्।

प्रतिक्रिया दिनुहोस