तल्लो अरुण हत्याउन भारतले  गरेको ताकेतालाई यसरी पूरा गरिदिए ओलीले

सफल खबर संवाददाता

आइतबार, १८ माघ २०७७, ०९ : ११
तल्लो अरुण हत्याउन भारतले  गरेको ताकेतालाई यसरी पूरा गरिदिए ओलीले

काठमाडौं । अरुण तेस्रो आयोजना बनाइरहेको भारतले तल्लो अरुण पनि आफूले हत्याउन सफल भएको छ । तल्लो अरुण हत्याउनको लागि भारतले प्रधानमन्त्री कार्यालय, ऊर्जा मन्त्रालयदेखि लगानीबोर्डसम्म पटकपटक ताकेता गरेको थियो ।

भारतको तल्लो अरुण हत्याउन गरेको ताकेतालाई प्रधानमन्त्री ओलीले पूरा गरिदिएका छन् । भारतले लामो समयदेखि तल्लो अरुणलाई हात पार्न विभिन्न शक्तिकेन्द्र धाइरहेको थियो । अन्ततः ओली सरकारले भारतलाई खुसी पार्न उसको इच्छा पूरा गरिदिएका छन् ।  

सरकारले आकर्षक मानिएको तल्लो अरुण जलविद्युत आयोजना भारतीय कम्पनीलाई नै दिने निर्णय गरेसँगै भारतको ताकेता पूरा भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको लगानी बोर्डको ४६ औं बैठकले ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना सतलज विद्युत निगम (एसजेभीएन) लाई नै दिने निर्णय गरेको हो । यो  भारत केन्द्र सरकार र भारतको हिमाञ्चल प्रदेश सरकारको संयुक्त लगानी रहेको कम्पनी हो ।

नेपालसँग ऊर्जासम्बद्ध पछिल्ला बैठकमा भारतले तल्लो अरुणको विषय उठाइरहेको थियो । हाल भारतीय कम्पनी सतलज विद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

कुल ९०० मेगावाट क्षमताको अरुण तेस्रो आयोजनाको काम ५० प्रतिशत काम नसिकिँदै अर्को आयोजना पनि ओली सरकारले भारतलाई खुसी पार्न सोही कम्पनीले दिएको छ । यो आयोजना तल्लो अरूणकै क्यासकेड प्रोजेक्टका रूपमा बन्नेछ ।

प्रतिक्रिया दिनुहोस