काठमाडौं । क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा यसमा सवार चालक दलका सदस्यासहित सबै पाँच यात्रुको मृत्यु भएको रक्षा मामिला मन्त्रालयले शनिबार पुष्टि गरेको छ । स्थानीय समय अनुसार शुक्रबार होलग्वीन प्रान्तबाट ग्वान्टानामोतर्फ गएको हेलिकोप्टर उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको हो ।
हेलिकोप्टर उडेको केही मिनेटमा क्युवाको एक पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको र विमानमा रहेका सबै पाँच जनाको मृत्यु भएको राज्य सञ्चालित समाचार संस्थाले रक्षा मन्त्रालयलाई उद्धृत गरी जानकारी गराएको छ ।
मन्त्रालयले दुर्घटनाबारे छानवीन गर्न आयोग निर्माण गरेको बताएको छ भने मृत्यु भएका व्यक्तिको परिचयलगायत अन्य जानकारी गराएको छैन ।
क्युवामा यस पहिले सन् २०१८ मेमा भएको क्युवाली ध्वजावहाक विमान दुर्घटनामा ११२ यात्रुको मृत्यु भएको थियो भने एक जनालाई जीवितै उद्धार गरिएको थियो । त्यस पहिले सन् २०१७ मा क्युवाली सैन्य हेलिकोप्टर दुर्घटनामा आठ सैनिकको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १७ माघ २०७७, १९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु