काठमाडौं । दिउँसै बाइकमा सवार हतियारधारीहरुले गोली हानेर यामहा शोरुमका मालिक राजकुमार सिंह तथा उनका सहयोगीलाई घाइते बनाएका छन् । राजकुमार स्वर्गीय अभिनेता सुशान्त सिंहका आफन्त हुन् ।
घटनामा राजकुमारका सहयोगी आमिर हसन पनि घाइते भएका छन् ।आमिरको अवस्था गम्भिर छ । घटनालगत्तै परिवारले राजकुमार सिंह र उनका सहयोगीलाई उपचारका लागि गंगजला चोकस्थित निजी क्लिनिकमा भर्ती गरेको छ ।
राजकुमारको खुट्टामा गोली लागेको छ, अर्का घाइते बैजनाथपुर निवासी आमिर हसनको कम्मरमा गोली लागेको छ र अवस्था गम्भिर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ माघ २०७७, १७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थाइल्यान्डमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु