चितवन । भरतपुरमा निर्माण हुन लागेको सिटी हलको शिलान्यास कार्यक्रममा पत्रकारलाई प्रवेश निषेध गरिएको छ । सिटी हलको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीबाट गर्न लागिएको हो ।
सिटी हल निर्माणस्थलमा समाचार संकलनका लागि गएका १२ जना जति पत्रकारलाई गेटमा बसेका सुरक्षाकर्मीले भित्र प्रवेश गर्न नदिई फिर्ता पठाएको नेपाल पत्रकार महासंघ चितवन शाखा कार्य समिति सदस्य प्रकाश सिग्देलले जानकारी दिए ।
प्रधानमन्त्रीको कार्यक्रममा प्रवेश नपाएपछि फर्किएका पत्रकारहरुले पत्रकारलाई समाचार संकलनमा रोक लगाउनु ओली सरकारको निरंकुशताको पराकाष्ठा भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ माघ २०७७, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकारलाई आचारसंहिता पालनासम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण
नेपाल पत्रकार महासंघको किन बस्न सकेन बैठक ? यस्तो छ कारण
मेयरको धम्कीपछि पत्रकार झुण्डिएको अवस्थामा मृत फेला
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
मकवानपुरका पत्रकारद्वारा कालोपट्टी बाँधेर विरोध
तीनकुनेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकारको मृत्यु