काठमाडौं । निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई पक्षबीच हुने भनिएको छलफल औपचारिक रूपमा बस्न सकेन । आयोगले शुक्रबार निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नेसम्बन्धी सूचना प्रकाशन र निर्वाचनको तयारीका सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो ।
आयोगले बुधबार नै नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी छलफलका लागि बोलाएको थियो । आयोगले अध्यक्ष वा अध्यक्षले तोकेको आधिकारिक प्रतिनिधि र निर्वाचन तथा कानुन विषय हेर्ने प्रतिनिधिसमेत पाँच, पाँच जना उपस्थितिका लागि पत्र पठाएको थियो । आगामी निर्वाचनको दल दर्ता गर्ने प्रयोजनका लागि सूचना प्रकाशन गर्ने समय आउन लागेको भन्दै छलफलका लागि बोलाइएको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै पक्षसँग निर्वाचनमा एउटै पार्टी भएर आउने वा फरक पार्टी भएर आउने भन्ने सम्बन्धमा छलफल गर्न लागिएको जानकारी दिए । आयोगले निर्वाचनको तयारीका सम्बन्धमा दलहरूसँग छलफल गर्ने प्रक्रिया रहेको छ । ओली पक्षीय प्रतिनिधिहरू र आयोगका पदाधिकारीहरूबीच अनौपचारिक छलफल भएको छ । निर्वाचनको तयारीका सम्बन्धमा अनौपचारिक छलफल भएको आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १७ माघ २०७७, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनको व्यवस्थापन र कर्मचारी खटनपटनका सबै काम सम्पन्न
आज मध्यरातिदेखि निर्वाचन ‘मौन अवधि’ लागू, प्रचार गतिविधि पूर्ण रूपमा रोकिँदै
निर्वाचनको सम्पूर्ण तयारी पूरा
सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री फैलावट बढ्दो : निर्वाचन आयोग
निर्वाचनको तयारी अन्तिम चरणमा, पैँसट्ठी राजनीतिक दल चुनावी प्रतिस्पर्धामा
४३ दलले मात्रै बुझाए निर्वाचन आयोगमा घोषणा पत्र