शैक्षिक क्षेत्र किन हुँदैछ लथालिंग ?

सफल खबर संवाददाता

शनिबार, १७ माघ २०७७, ०७ : ४८
शैक्षिक क्षेत्र किन हुँदैछ लथालिंग ?

काठमाडौं । एसईई आउन र शैक्षिक सत्र सकिन दुई महिनामात्र बाँकी छ । तर जिम्मेवारी सम्हालेको एक महिना बितिसक्दा पनि शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले विद्यालय तहको अनिश्चित शैक्षिक सत्र र एसईई सञ्चालन लगायतका विषयमा निर्णय लिन सकेका छैनन् । 

उनी सहरी विकास मन्त्रालयबाट शिक्षामा सारिनुअघि नै अन्योलमा रहको शैक्षिक सत्र र कक्षा १० को परीक्षाको विषय मन्त्रिपरिषद्मा पुगिसकेको थियो । लाखौं विद्यार्थी र अभिभावकको चासो जोडिएको यो विषयमा न मन्त्रीले निर्णय लिन सकेका छन्  न कुनै सकारात्मक पहल गरका छन् । 

एक उपसचिवका अनुसार मन्त्रीलाई भेट्न नपाएकै एक महिना भइसक्यो । उनले भने, ‘एक महिना भयो, अहिलेसम्म मन्त्रीज्यूलाई भेटेर आफ्नो शाखाको कामको ब्रिफिङ गर्न पनि पाइएको छैन । उहाँ मन्त्रालयमा खासै देखा पर्नुहुन्न ।’
उनी चुनावी गतिविधि र पार्टीको काममा बढी केन्द्रीत भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस